Skip to end of metadata
Go to start of metadata

You are viewing an old version of this content. View the current version.

Compare with Current View Version History

« Previous Version 3 Next »

Error rendering macro 'viewpdf' : Failed to find attachment with Name Provider - How to Verify an Unverified Punch v2.0_NE.pdf

उद्देश्य: यस मार्गदर्शकले प्रदायकहरूलाई वेब पोर्टल, मोबाइल वेब र मोबाइल एपमार्फत OR PTC DCI मा अप्रमाणित स्थितिमा प्रविष्टि कसरी प्रमाणित गर्ने भन्ने बारेमा मार्गनिर्देशनहरू उपलब्ध गराउँछ। अप्रमाणित स्थितिका प्रविष्टिहरू राज्यका कर्मचारी कार्यकर्ताद्वारा सम्पादन वा सिर्जना गरिएका प्रविष्टिहरू हुन् र प्रदायकले शिफ्टका लागि भुक्तान गर्न प्रमाणित गर्न आवश्यक छ।

प्रतिफल: प्रदायकले OR PTC DCI मा कुनै पनि अप्रमाणित समयका प्रविष्टिहरूलाई राम्रोसँग प्रमाणित गर्नुभएको छ।

OR PTC DCI वेब पोर्टलमा प्रविष्टिहरू कसरी प्रमाणित गर्ने

  1. बेव ब्राउजर खोल्नुहोस् र dcisoftware.com मा नेभिगेट गर्नुहोस्।

  2. प्रविष्टिहरू (Entries) मा क्लिक गर्नुहोस्।

  3. स्थिति (Status) फिल्टरबाट अप्रमाणित (Unverified) स्थिति चयन गर्नुहोस्।

  4. सबै अप्रमाणित (Unverified) प्रविष्टि हेर्नका लगि खोज्नुहोस् (Search) बटनमा क्लिक गर्नुहोस्।

  5. तपाईंले प्रमाणित गर्न चाहनुभएको प्रविष्टि (Entry) मा क्लिक गर्नुहोस्।

  6. प्रविष्टि सही देखिएमा प्रमाणित गर्नुहोस् (Verify) बटनमा क्लिक गर्नुहोस्।

OR PTC DCI मोबाइल वेबमा प्रविष्टहरू कसरी प्रमाणित गर्ने

  1. आफ्नो स्मार्ट यन्त्रमा भएको वेब ब्राउजर प्रयोग गरी OR PTC DCI मा लग इन गर्नुहोस् (dcisoftware.com).

  2. माथिल्लो दायाँ कुनामा रहेको मेनु बटनमा ट्याप गर्नुहोस्।

  3. सूचीबाट प्रविष्टिहरू (Entries) को विकल्प चयन गर्नुहोस्।

  4. तपाईंका प्रविष्टिहरू देखिने छन्। तपाईं सबै प्रविष्टि हेर्न र आवश्यक भएको खण्डमा प्रविष्टिहरू प्रमाणित गर्न सक्नुहुन्छ।

  5. तपाईंले समीक्षा गर्न चाहनुभएको विशेष प्रविष्ट चयन गर्नुहोस्।

  6. पन्च प्रमाणित भएको छैन भने, तपाईं प्रविष्ट सही छ भनी सुनिश्चित गर्नका लगि प्रविष्ट समीक्षा गर्न र प्रमाणित गर्नुहोस् बटनमा ट्याप गर्न सक्नुहुन्छ।

OR PTC DCI मोबाइल एपमा प्रविष्टिहरू कसरी प्रमाणित गर्ने

  1. OR PTC DCI मोबाइल एपमा लग इन गरिसकेपछि, मेनु खोल्नका लागि माथिल्लो बायाँ कुनामा भएका तीन वटा रेखामा ट्याप गर्नुहोस्।

  2. प्रविष्टिहरू बटनमा ट्याप गर्नुहोस्।

  3. तपाईंले प्रमाणित गर्न चाहनुभएको प्रविष्टिमा ट्याप गर्नुहोस्।

  4. कार्य गर्नुहोस् (ACTION) बटनमा ट्याप गर्नुहोस्।

  5. प्रमाणित गर्नुहोस् (Verify) बटनमा ट्याप गर्नुहोस्।

  6. पुष्टि गर्नुहोस् (Confirm) बटनमा ट्याप गर्नुहोस्।

  • No labels